काठमाडौं । अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा हालसम्म ५० जनाको शव फेला परेको छ। पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाकाे शव फेला परेको हाे ।
त्यस्तै १७ जना अझै बेपत्ता भएकोमा उनिहरुकाे खाेजि भइरहेको छ।
बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा जहाज र हेलिकप्टर एक आपस्मा ठाेक्किएका थिए । दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा कोही जिवित नरहेको बिहीबार पत्रकारहरूसँग बताएका छन्।