१२ दिनमा हमासकाे बन्धकबाट १५ जना रिहा

इज्राइल र हमासबीच युद्धविरामको १२ दिनमा गँजाबाट १५ बन्धक रिहा भएका छन्। बिहीबार बेलुकी हमासले एकैदिन ८ जनालाई बन्धकमुक्त गरेको हो । यससँगै हमासको बन्धकबाट मुक्त हुनेको संख्या १५ पुगेको छ।

बिहीबार बन्धकमुक्त हुनेहरूमा तीन जना इजराइली र पाँच जना थाइल्याण्डका नागरिक छन्। जसमध्य २० वर्षीया अगाम बर्गर, २० वर्षीया अर्बेल यहुद र ८० वर्षीय गडि मोस मोजेस् छन्।

बन्धकमुक्त हुने पाँच थाइ नागरिकहरूको नाम सार्वजनिक भएको छैन।

यसअघि माघ ६ गते युद्धविराम घोषणा हुँदा तीन महिला बन्धक छाडेको थियो। त्यसको एक सातापछि चार जनालाई बन्धकमुक्त गरेको थियो।

यो साता दुई पटक हमासले बन्धक छाड्नेछ। नेपालका विपिन जोशी पनि हमासको बन्धकमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here