रास्वपाले बहिस्कार गर्दा पनि संसद चालु

काठमाडौं । प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा सांसदहरूलाई यथास्थानमा बस्न आग्रह गरेका थिए ।

तर रास्वपा सांसदहरु यथास्थानमा उभिएर १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए ।

रास्वपा सभापति रवि लामिछानेलाई संसदबाट निलम्बन गरिएको भन्दै रास्वपा सांसदहरुले विरोध गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here