क्यानडाले पनि अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने

' अमेरिकाको ट्यारिफ सामना गर्न तयार'

काठमाडौं । अमेरिकाले क्यानडाबाट आयात हुने वस्तुमा महसुल बढाउने निर्णय गरेसँगै क्यानडाले जवाफमा अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेको छ ।

क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत ट्यारिफल लगाउने घोषणा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशतले र चीनबाट आयात हुने वस्तुमा १० प्रतिशतले ट्यारिफ लगाउने घोषणा गरेका थिए ।

क्यानडाका कार्यवाहक प्रधानमन्त्री ट्रुडोले अमेरिकाको ट्यारिफ सामना गर्न तयार रहेको समेत बताएका छन् ।

क्यानडाबाट आयात हुने प्राकृतिक ग्याँस र बिजुलीसहितका ऊर्जामा भने १० प्रतिशत मात्र ट्यारिफ लगाउने निर्णय अमेरिकाले गरेको छ ।

अमेरिकाले तीन मुलुकबाट हुने आयातमा महसुल बढायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here