उच्च अंकले बढ्यो नेप्से, र करिव१३ अर्बको कारोबार

दुई महिनायता कै सबैभन्दा बढि

काठमाडौं। आइतबार सेयर बजार पछिल्लाे दुई महिनायता कै सबैभन्दा बढि ९.८० अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ।

आज नेप्से परिसूचकका साथै कारोबार रकम पनि उच्च देखिएको छ ।
आज बजारमा १२ अर्ब ९५ करोडको भएकाे छ। काराेबारमा आएका २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रहेकाे
छ।

सबै सेक्टरका सूचक बढेका छन् । जसमध्ये माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ समुह २.५२, विकास बैंक ३.१५,फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८ अङ्कले बढेका छन्। त्यस्तै जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशत बढेका हुन्।

आइतबार ९ कम्पनी उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

यता सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घटेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here