उपत्यकाका यी स्थानमा ५ घण्टा विद्युत सेवा अवरुद्ध

काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै आजदेखि माघ २९ गतेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत सेवा बन्द गर्न लागेको हो ।

प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्न लागेको छ । सोही अनुसार २९ गतेसम्म ती क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध गर्न लागिएको हो ।

आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुलको क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु वरिपरिको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

यस्तै बिहीबार नैकापदेखि बलम्बुसम्मको क्षेत्र, २५ गते शुक्रबार बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्रमा बिजुली अबरुद्ध हुने छ। २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म र २९ गते रोतोपुलदेखि गौशालासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here