ओम मेगाश्री फर्मास्युटिकल्सकाे आइपिओ खुल्याे

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आइपिओ बिक्री खुला गरेको छ।

कम्पनीका अनुसार पहिलो चरणमा साेमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आइपिओ भर्न सक्नेछन् ।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न गरेको हो।

त्यस्तै १८ लाख कित्ताको ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। ३ प्रतिशत अर्थात ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ।

बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्ने बताएको छ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here