अब घरमै बसेर लिन सकिन्छ नेपाल टेलिकमको इ-सिम

काठमाडौं । अब नेपाल टेलिकमको इ-सिम लिन काउन्टरसम्म जानुपर्ने झन्झट हटेकाे छ। टेलिकमले एप र वेबसाइटबाटै इ-सिम लिन पाइने सुविधा दिएकाे हाे।

टेलिकमले २१ औं वार्षिकोत्सवको अवसर पारेर आजदेखि उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले जानकारी दिएकी हुन् । यससँगै इ–सिम लिनका लागि काउन्टरसम्म पुग्न पर्दैन् । नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् ।

इ-सिम एक प्रकारको भर्चुअल या इलेक्ट्रोनिक सिम हो । इ-सिम प्रयोग गर्न सपोर्ट गर्ने माेबाइल हुनुपर्छ। ।

यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here