ताेलामै २ हजारले बढ्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ उकालो लागेको छ । यसदिन सुनकाे भाउ प्रतितोला २ हजार दुई सय रूपैयाँ बढेको हो। मंगलबार सुन प्रतितोला १ हजार ९ सय रूपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार नौ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार नौ सय ३० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here