इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतले गरे विपिन जोशी रिहाई बारे छलफल

काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् । राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग मङ्गलबार सम्वाद गरेकाे परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ ।

मन्त्रालयका अनुसार संवादका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि प्रयास भएको बताएका छन्।

गत २१ असोजमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमणमा १० जना नेपाली मारिएका थिए । त्यसै क्रममा विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here