४.४५ अंकले घट्याे नेप्से, काराेबारमा भने वृद्धि

काठमाडौं । बुधबार नेप्से परिसुचक ४दशमलव४५ अंकले घटेको छ । सो अंकको गिरावटपछि २७११ मा कायम भएको छ । बजार घटे पनि आज कारोबारमा भने बृद्धि भएको छ ।

अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९५ करोड पुगेको हो । आज ११३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो भने ७ को स्थिर रहेको छ । आज फाइनान्स सेक्टर सबैभन्दा बढी ५ दशमव ६७ प्रतिशत बढ्यो ।

त्यस्तै हाइड्रोपावर सेक्टर ० दशमलव ०४, निर्जीवन बीमा ०दशमलव१९ र अन्य सेक्टर ० दशमलव२८ प्रतिशत बढेकाछन्। बैंकिङ ०दशमलव २६, विकास बैंक ०दशमलव९१, होटल तथा पर्यटन ०दशमलव ४८, लगानी ०दशमलव२४, जीवन बीमा ०दशमलव ३१, उत्पादन ०दशमलव८१, माइक्रोफाइनान्स ०दशमलव२६ तथा व्यापार १दशमलव४२ प्रतिशत घटे ।

उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । यता दुई कम्पनी सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here