देउवाविरुद्ध रविन्द्र मिश्रको आक्रोस, जेलमा बसेर टेलिभिजनमा सुशासन हेर्न चेतावनी

काठमाडौं, २ कात्तिक । साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध कडा प्रतिक्रिया व्यक्त गरेका छन् ।

आफ्नो दलका सांसद मोहम्मद आफताव आलमको पक्राउलाई काँग्रेसविरुद्धको षडयन्त्र भनेका देउवालाई मिश्रले साझा पार्टी नेतृत्वमा आएपछि सुशासन भनेको कस्तो हुन्छ जेलमा बसेर टेलिभिजनमा हेर्न चेतावती दिएका हुन् ।

‘जे पनि भन्दिने, जे पनि गर्दिने?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘मानवताविरुद्धका अपराधीहरु, अपराधीलाई जोगाउनेहरु, भ्रष्टाचारी र देश दोहनकारीहरु, पर्खिनोस्, जनमत बदलिंदैछ ।’

जनमत बदलिन अब धेरै वर्ष नलाग्ने पनि उनको धारणा छ ।

काँग्रेस सभापति देउवाले आफ्नो पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रवार भक्तपुुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै आलमलाई प्रहरी लगाएर सरकारले काँग्रेसविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here