अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा विवाद मिलाउन अमेरिकाले भूमिका खेल्ने बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित बिहीबार ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भारत चीन सीमा विवाद मिलाउन आवश्यक परे आफूले भूमिका खेल्ने बताएका हुन्।
‘भारत र चीनबीच सीमानामा विवादले झडप पनि भएको थियो । आवश्यक परे समस्या समाधानका लागि अमेरिका मध्यस्तकर्ताको भूमिका खेल्न तयार छ,’ट्रम्पले भने।
उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि आफ्नो घनिष्ट सम्बन्ध भएको बताए। ट्रम्पले चीन र भारत दुवै देशसँग आफ्नो सम्बन्ध राम्रो भएकाले दुई देशबीचको विवाद समाधान गर्न आफू मध्यस्तकर्ताको भूमिका खेल्न तयार भएको ट्रम्पले बताएका हुन्।






















