काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला २ हजार ३ सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला चार सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै,शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।