शुल्क नबुझाएको भन्दै नेप्सेले रोक्यो ४० कम्पनीको सेयर कारोबार (सूचीसहित)

काठमाडौं २, कात्तिक । वार्षिक नविकरण शुल्क नबुझाएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ४० सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कात्तिक ३ गतेदेखि ती कम्पनीको कारोबार रोक्का गर्न लागिएको बताएको छ ।

नविकरण शुल्क बुझाएपछि ती कम्पनीको सेयर कारोबार खुल्ला हुनेछ । कारोबार रोक्का हुने कम्पनीमध्ये नेपाल दुरसञ्चार कम्पनी र युनिलिभर पनि छन् ।
सूचीकृत कम्पनीले दोस्रो बजारमा सेयर कारोबारका लागि हरेक वर्ष नेप्सेमा सूचीकरण नविकरण गर्नुपर्छ । यस्तो नविकरण आर्थिक वर्ष सकिएको बढीमा तीन महिनाभित्र गर्नु पर्ने व्यवस्था छ ।

तोकिएको समयभित्र नविकरण शुल्क नबुझाउने कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।

नेप्सेले लुघवित्त, व्यापार, ‘अन्य’, होटेल, उत्पादन तथा प्रशोधन र विकास बैंक गरी ४० कम्पनीको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको छ । यसरी सेयर कारोबार रोक्का हुने कम्पनीहरुमा लघुवित्त समूहका सबैभन्दा धेरै १९ वटा छन् । यस्तै, उत्पादन तथा प्रशोधन समूहका १०, व्यापार र विकास बैंकको ३, ३ वटा र होटेल र ‘अन्य’ समूह अन्तरगतका २,२ वटा कम्पनीको कारोबार रोक्का गरिएको छ ।

यी हुन कारोबार रोक्का भएका कम्पनी

लघुवित्त

– एनएमबी माइक्रोफाइनान्स लिमिटेड
– सिभिल लघुवित्त वित्तीय संस्था
– जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था
– कालिका लघुवित्त वित्तीय संस्था
– माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था
– नयाँ नेपाल लघुवित्त विकास बैंक
– नेरुडे लघुवित्त विकास बैंक
– ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था (रिलायवल)
– सुमित लघुवित्त वित्तीय संस्था
– ओमी माइक्रोफाइनान्स वित्तीय संस्था
– मेरो माइक्रोफाइनान्स वित्तीय संस्था
– आरएसडीसी लघुवित्त संस्था
– आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था
– नाडेप लघुवित्त वित्तीय संस्था
– सामुदायिक लघुवित्त वित्तीय संस्था
– आशा लघुवित्त वित्तीय संस्था
– नेपाल एग्रो लघुवित्त वित्तीय संस्था
– गुरासँ लघुवित्त वित्तीय संस्था
– इन्फिनिटी लघुवित्त संस्था

व्यापार
– नेपाल वेलफेयर कम्पनी
– विशाल बजार कम्पनी
– नेपाल ट्रडिङ लिमिटिेड
– होटेल सोल्टी होटेल
– याक एण्ड यति होटेल

अन्य
– नेपाल दूरसंचार कम्पनी
– नेपाल फिल्म डेभलपमेन्ट कम्पनी
– उत्पादन तथा प्रशोधन
– अरुण वनस्पति उद्योग
– विराट शु लिमिटेड
– बुटवल स्पीनिङ मिल्स
– फ्लोर हिमालयन लिमिटेड
– गोरखकाली रबर उद्योग
– हरिसिद्ध ब्रिक एण्ड टायल फ्याक्ट्री
– ज्योती स्पीनिङ मिल्स
– नेपाल बिटुमिन एण्ड ब्यारल उद्योग
– रघुपति जुटमिल
– भृकुटी पेपर लिमिटेड
– यूनिलिभर लिमिटेड

विकास बैंक
– भार्गव विकास बैंक
– कर्पोरेट डेभलपमेन्ट बैंक
– एक्सेल डेभलपमेन्ट बैंक

माथीका कम्पनीहरुमा केही कम्पनीको कारोबार धेरै वर्ष देखि रोक्का छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here