काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुर अस्पताल पुगेका छन्।
अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई अस्पतालकाे आइसियुमा भर्ना गरिएको छ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए । उनीहरूलाई शनिबार नै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हाे ।























