ताेलामै २७ सय रूपैयाँले घट्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउ घटेको छ ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ४ सय रूपैयाँ बढेकोमा आज प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।