अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुगे बर्न अस्पताल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।

पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा घाइते भएका पौडेल र आचार्यलाई भेट्न प्रधानमन्त्री कीर्तिपुर अस्पताल पुगेका हुन्।

ओलीको सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रम सकेर त्यहाँ गएका हुन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here