काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २९.८७ अंक बढेको छ । सो अंकको वृद्धिपछि २७२७ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हाे।
आइतबार ९ अर्ब ४७ करोडको कारोबार भएकोमा आज १० अर्ब ४ करोडको भयो । १६६ कम्पनीको मूल्य बढ्दा ७४ को घटेकाे छ। त्यस्तै ४ को स्थिर रहेकाे छ।
सेयर बजारमा सबैभन्दा ठुलो प्रभाव रहेकोे बैंकिङ सेक्टर बढ्दा समग्र बजार बढेको हो । बैंकिङ सेक्टर आज २.१६ प्रतिशत बढ्यो ।
त्यस्तै विकास बैंक ०.३३, होटल तथा पर्यटन २.२९, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन ०.७७, माइक्रोफाइनान्स २.४५, निर्जीवन बीमा १.०७ र अन्य समूह २.४७ प्रतिशत बढे । व्यापार १.२७, हाइड्रोपावर ०.१५ र फाइनान्स ०.८४ प्रतिशत घटे ।
आज ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर छन् ।
यता सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत नै घटेकाे हाे। हालै सूचीकृत गार्डियनको मूल्य प्रतिकित्ता ५८६ रुपैयाँ ३० पैसा पुगेको छ ।