काठमाडौं । नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन गर्ने भएको छ । संघले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन गर्न लागेको हो ।
संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरु आआफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घन्टा धर्ना बस्ने भएका हुन्।
संघका अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा यो आन्दोलका कार्यक्रम हुनेछ।
संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । सरकारले सबै माग पुरा नगरेकाे भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।