३.१४ अंकले बढ्याे नेप्से, काराेबामा भने गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । आज कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोडको भएकाे हाे।

८१ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने ५ को स्थिर रह्यो । ु जीवन बीमा सबैभन्दा बढी २.४२ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार समूह सबैभन्दा धेरै ३.७७ प्रतिशत बढ्यो ।

त्यस्तै वन बीमा ०.६४, अन्य ०.५७ प्रतिशत बढे । घटेका सेक्टरको गिरावट दर १ प्रतिशतभन्दा न्यून रह्यो । बैंकिङ ०.५५, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.७५, लगानी ०.३७, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.३० प्रतिशत घटेका छन्।

बिहिवार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ९.६९, अपरहेवाखोलाको ९.१४, लक्ष्मी लघुवित्तको ८.२१ तथा उपकार लघुवित्तको ८.१ प्रतिशत मूल्य बढेकाे
छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here