निर्यातमा उत्साहजनक बृद्धि,सबैभन्दा बढी बाहिरिनेमा खानेतेल

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो सात महिनामा नेपालको निर्यातमा उत्साहजनक बृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा नेपालबाट हुने निर्यात ४६ प्रतिशतले बढेको छ । चालु आवको साउनदेखि माघ मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा यस्तो निर्यात ४६ दशमलव५० प्रतिशतले बढेको हो ।

चालु आवको सात महिनामा नेपालबाट १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु बाहिरिएका छन् । गत आर्थिक बर्षको पहिलो सात महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

यस अवधिमा समग्र निर्यात व्यापारमा खानेतेल निर्यातको सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो सात महिनामा मात्रै नेपालबाट ४० अर्ब ५३ करोड रुपैयाँ बराबरको खानेतेल निर्यात भएको छ ।

भारतले नेपालबाट वनस्पति तेल आयात सहज बनाएसँगै अहिले नेपालबाट हुने निर्यातमा वृद्धि भएको छ ।

यस्तै यस अवधिमा नेपालको आयातमा पनि १० प्रतिशतको बृद्धि भएको छ । सो अवधिमा नेपालमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको सामान भित्रिएको छ । गत आर्थिक बर्षको यहि अवधिमा नेपालको कुल आयात ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ थियो । गत आवको माघसम्म ८ अर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष ७ महिनामा सबैभन्दा धेरै डिजेल आयात भएको देखिन्छ ।

डिजेल आयातमा ६६ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । दोस्रो नम्बरमा कच्चा सोयाबिन तेल रहेको छ । यस अवधिमा ३८ अर्ब २९ करोड रुपैयाँ बनाबरको कच्चा सोयाबिन तेल आयात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here