काठमाडौं । आजदेखि बजारमा अण्डाको मूल्य बढ्ने भएको छ।
नेपाल लेयर्स कुखुरापालक संघले आज अण्डाको मूल्य बढाउने निर्णय गरेकाे हाे ।
न्यूनतम प्रतिक्रेट ३५ रूपैयाँदेखि अधिकतम ४० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ।
अण्डाको मूल्य बढसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ९०, ठूलो अण्डा चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेट चार सय २५ रूपैयाँ पुगको छ।