काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफुबाट भुल भएको भन्दै माफी मागेका छन् ।
आज चितवनमा एक कार्यक्रमविच उनले आफूबाट भएको व्यवहारप्रति माफी मागेका हुन् । ‘त्यसलाई सामान्य घटनाकै रुपमा लिन अनुरोध गर्छु’, श्रेष्ठले भनेका छन् ।
हुलाकी राजमार्ग केन्द्रित अभियान उद्घाटन समारोहका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कार्यक्रम सञ्चालकप्रति रिसाएर मञ्चमा फर्किएका थिए ।

























