विभिन्न प्राबिधिक विषयमा छात्रवृत्तिका लागि आवेदन दिन प्रमको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयमा छात्रवृत्तिका लागि आवेदन माग गरिएको भन्दै आवेदन दिन आग्रह गरेका हुन् । मङ्गलबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आवेदन दिन आग्रह गरेका हुन् ।

मन्त्रालयले आवेद खुलाए पनि सिट खाली रहेको भन्दै तत्काल आवेदन दिन आह्वान गरेका छा् ।

स्नातक तहको एमबीबीएसमा एक जना, स्नातकोत्तर तहको इन्जिनियरिङमा सात जना, कृषिमा तीन जना, पीएचडी इन्जिनियरिङमा एक जना, भेटेरिनरीमा एक जना, सूचना प्रविधिमा चार जना, मेडिकल साइन्समा दुई जना र संरक्षण विषयमा एक जनाको सिट खाली रहेको बताइएकाे छ।

इच्छुक विद्यार्थीहरूलाई एक-दुई दिनभित्रै छात्रवृत्तिका लागि आवेदा दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here