ईभी खरिदमा कठिन, पेट्रोल तथा डिजेल गाडीलाई सहज

काठमाडौं । राष्ट्र बैंकले विद्युतीय सवारीसाधन (ईभी)को ऋण मूल्य अनुपात ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ईभीको ऋण मूल्य अनुपात घटाएर खरिदमा असहज बनाएको जानकारी दिएको छ ।

यता पेट्रोल तथा डिजेलबाट चल्ने अन्य व्यक्तिगत सवारीसाधनमा भने थप सहज बनाएको छ । यसअघि सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा १० प्रतिशत बढाएर ६० पुर्‍याएको हो ।

राष्ट्र बैंकले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन र ईभीको ऋण मूल्य अनुपात बराबर बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here