काठमाडौं । प्रहरीले पक्राउ परेका चारै जनाको मलद्वारबाट सुन बरामद गरेको बताएको छ । पौने ४ किलो सुनसहित नियन्त्रमा लिएका व्यक्तिहरूको नामराहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ नाम उल्लेख छ । उनीहरु उज्बेकिस्तान नागरिक हुन् ।
उनीहरुले सुन गालेर गोल गुच्चाको आकारमा बनाएर ल्याइएको अवस्थामा प्रहरीले बरामद गरेको हो । सानो–सानो गुच्चाको आकारमा डल्लो बनाएपछि उक्त सुन चारै जनाले मलद्वारमा लुकाएर दुबईबाट काठमाडौं ल्याइपुर्याएको देखिएको छ । चार जानबाट २४ वटा गुच्चा आकारका डल्लामा सुन बरामद भएको छ । उनीहरु दुबईबाट आएको फ्लाई दुबईको एफजेएड ५७५ नम्बरको विमान बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा अवतरण गरेका थिए ।