माइक्रोसफ्टले इन्टरनेटमा आधारित फोन तथा भिडियो सेवा स्काइप बन्द गर्ने भएको छ । स्काइप अब मे देखि पूर्ण रुपमा बन्द गरिने भएको कम्पनीले एक्समा पुष्टि गरेको हो ।
स्काइप बन्द गरेर माइक्रोसफ्टले आफ्नो भिडियो कन्फेरेन्सिङ प्लाटफर्म ‘माइक्रोसफ्ट टिम्स’ लाई थप सुदृढ बनाउन लागेको बताइएको छ । स्काइप प्रयोगकर्ताले स्काइपकै खाताबाट टिम्समा लग इन गर्न पाउने कम्पनीले जानकारी दिएको छ । सन् २०१६ मा ३० करोड सक्रिय मासिक प्रयोगकर्ता रहेकोमा सन् २०२३ मा आइपुग्दा ३ करोड ६० मा झरेको फोर्ब्सले उल्लेख गरेको छ ।
भिडियो कम्युनिकेसनमा सबैभन्दा बढी प्रयोग गरिने स्काईप अन्य एपहरुको विकाशसँगै छायामा पर्दै गएको देखिन्छ । विशेषगरी कोरोना महामारीको समयदेखि उदय भएको जुम, गुगल मिट, फेस टाइम, ह्वाट्सएपजस्ता भिडियो कलिङ एपहरूले स्काईपलाई पछि पारेको हो ।
स्काइप सन् २००३ मा इस्टोनियामा सुरु भएको थियो ।