रोवर्टले नै फेरिदिन्छ डाइपर, मोजा पनि धोइदिने

काठमामडौं । २०२५ को जापानको ठूलो समस्याका रुपमा जेष्ठ नागरिकको हेरचाहलाई मानिएको छ । जापानले जेष्ठ नागरिकको हेरचाहका लागि जनशक्ति अभावको समस्या समाधान गर्न नयाँ नयाँ प्रयोग गरिरहेको छ । यसैबीच जापानले एउटा यस्तो रोबोट ल्याएको छ जसले वृद्ध वृद्धाको हेरचाह गर्न सक्छ । जापानको राजधनी टोकियोमा हालै गरिएको एक परीक्षणमा रोबोटले बिरामीलाई कोल्टे फर्काएर डाइपर फेरेर आफ्नो क्षमता देखाएको छ ।

१५० किलोग्रामको रोबोटलाई ‘एआईआरईसी’ नाम दिइएको छ । यो जापानको बढ्दो वृद्ध जनसङ्ख्याको हेरचाह गर्ने कम गर्न जापानको यो नयाँ प्रयोग हो । त्यसो त जापान विश्वकै सबैभन्दा बढी वृद्ध जनसङ्ख्या भएको देश हो, जहाँ जन्मदर घट्दो छ र काम गर्न सक्ने पुस्ताको अभाव छ । त्यस्तै जापानको आप्रवाशन नीतिका कारण बाहिरबाट गएका नागरिकका लागि स्थायी बसोबासका लागि जापान त्यती सहज छैन ।

दोस्रो विश्व युद्धपछि जन्मदर बढेकोले ‘बेबी बुमर’ पुस्ताको सङ्ख्या धेरै छ । सन् १९४६ देखि १९६५ को अवधिमा जन्मिएका मानिसहरूलाई बेबी बुमर पुस्ताको नामले चिनिन्छ ।

यस पुस्ताका सबै सदस्यले सन् २०२४ को अन्त्यसम्ममा ७५ वर्ष उमेर पार गरिसकेकाले हेरचाह गर्न सक्ने पुस्ताको अभाव छ । त्यसैले २०२५ जापानका लागि चुनौती बन्ने आकंलन गरिएको छ । एआईआरईसी रोबोटले मानिसलाई उठाउन, मोजा लगाउन, अण्डा पकाउन, लुगा धुने तथा अन्य घरायसी काममा समेत सहयोग गर्न सक्छ । नर्सिङ केयर र मेडिकल सुविधामा प्रयोग गर्न सकिने हिसाबले एआईआरईसी सन् २०३० सम्ममा मात्र तयार हुने अपेक्षा गरेका छन् । यसको सुरुवाति मूल्य ६७ हजार अमेरिकी डलर तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here