सेयर बजारमा ३०.३६ अंककाे गिरावट, काराेबार १२ अर्ब ९४ करोडमा सिमित

काठमाडौं । मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ । आज नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ। साेमबार १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडमा सिमित भएको हाे।

आज ४१ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ५ स्थिर रहेकाे
छ।

आज सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.०५, विकास बैंक ०.३९, फाइनान्स २.१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १.०८, लगानी १.७५, जीवन बीमा ०.६९प्रतिशतले घटेकाे छ । त्यस्तै उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा १.११, अन्य ०.०६ तथा व्यापार समूह ०.८४ प्रतिशत घटेका छन् ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेकाे छ।त्यस्तै आत्मनिर्भर लघुवित्तको ६.६६, युनिभर्सल पावरको ५.७४, बरुण हाइड्रोपावरको ५.६०, शिवश्री हाइड्रोपावरको ५.३० प्रतिशत मूल्य बढेकाे छ। यता सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घटेकाे छ।
सिर्जनशील लघुवित्तको ९, नेपाल रिपब्लिक मिडियाको ७.४ तथा समाज लघुवित्तको ५.८७ प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here