काठमाडौं । अवैध रूपमा अमेरिका बसिरहेका नेपालीहरू नेपाल फर्किएका छन्। बुधबार अमेरिकी सरकारले काठमाडौं ल्याएर छाडिदिएको छ।
बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोर्ट्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी-२३ जहाज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हाे।
नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजमा ८ जना नेपालीहरू आएका छन् ।
उनीहरूलाई अध्यागमन कार्यालयको जिम्मा लगाइएको छ।