‘सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक’ प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले सरकार सांसद किनबेचमा लागेको भन्ने सुनिराखेकाे भन्दै सभामुख गम्भीर हुनपर्ने बताएका हुन् । र प्रमुख नेताले अध्यादेश स्वीकृत गराउन सरकारले यो काम गरिरहेको आरोप लगाउनुभएको छ,’ उनले भने ।

साथै २१ औं शताब्दीमा पनि सांसद किनबेच हुन्छ भनिनु कुरा लाजमर्दो भएको बताए। ‘सिंगै संसद् अपमानित हुने यो विषयमा सम्माननीय सभामुखज्यू गम्भीर हुन जरुरी छ । सम्मानित संसद् अपमानित हुने गरी यो कुरा सम्प्रेषित भइराख्दा सरकारले यसबारे जवाफ दिन जरुरी छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here