कुलमान घिसिङलाई हटाइए विरोधमा उत्रिने शाहीकाे चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइए त्यसको विरोधमा उत्रिने बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा उनले भने ‘कुलमान घिसिङलाई हटाउने जो प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्बाट निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानेर सडक र सदन दुईवटैबाट आवाज उठ्छ।’

‘२०७२/०७३ सालमा नेपाल विद्युत प्राधिकरण आठ ८९ करोड रुपैयाँको घाटामा भएको फाइदामा गइसकेकाे उनले बताए ।

नेपालबाट लोडसेडिङ हटाउने घिसिङलाई शून्य नम्बर दिइएको भनेर पनि उनले प्रश्न उठाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here