काठमाडौं । बुधबार सेयर बजारको परिसूचक २५.१६ अंक घटेको छ ।
सो अंकको गिरावट पछि नेप्से २८२१ मा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १२ अर्ब ९४ करोडको कारोबार भएकोमा आज १० अर्ब ९७ करोडको भयो ।
बुधबार ६२ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ८ को स्थिर रह्यो । आज व्यापार बाहेक सबै सेक्टर घटेका छन् । व्यापार ०.४३ प्रतिशत बढेकाे छ। त्यस्तै बैंकिङ १.०४, विकास बैंक १.३१, फाइनान्स १.५५, होटल तथा पर्यटन १.०५, हाइड्रोपावर ०.३७, लगानी १.२४, जीवन बीमा १.४५, उत्पादन ०.९४, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा १.५१ तथा अन्य समूह ०.७६ प्रतिशत घटेका छन्।
समाज लघुवित्त, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै माउन्टेन हाइड्रो नेपालको ८.८२ तथा गुराँस लघुवित्तको ७.४२ प्रतिशत मूल्य बढ्यो ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ९६ करोड रुपैयाँको कारोबार भयो ।





















