काठमाडौं । रास्वपा की सांसद डा. तोसिमा कार्कीले राज्यले महिलामाथि हेर्ने दृष्टिकोण अझैसम्म परिवर्तन हुन नसकेको बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद कार्कीले संविधानमा लैंगिक समानताको धारा त राख्यौं तर दृष्टिकोण परिवर्तन नभएको बताएकी हुन् ।
स्वास्थ्य मन्त्रालयमा वरियताको आधारमा एक नम्बरमा रहेकी डा. संगीता कौशल मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरिएको भन्दै उनले क्याबिनेटले यस्तो निर्णय किन गरेको भनेर सरकारलाई प्रश्न गरेकी छन् ।
वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा. संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरेकाे बारे प्रश्न राखिन् ।
उनले भनिन् ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ? कि महिला नेतृत्व स्वीकार नगरिएको हो । प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सामान्य प्रशासनमन्त्रीसँग संसदले जवाफ माग्नु पर्छ ।’






















