काठमाडौ । मुलुकको राजनीतिक घटनाक्रमकाे असर विभिन्न उतारचढाव देखिएपछि नेप्सेमा उच्च अंकको गिरावट आएको छ।
आइतबार नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा झरेको हो।
आज कारोबार रकममा पनि गिरावट आएको छ।
बिहीबार १० अर्ब १० करोडको सेयर कारोबार भएकोमा आइतबार १० अर्ब नौ करोडको कारोबार भएको हाे।
यो रकम अघिल्लो दिनको तुलनामा १ करोड रूपैयाँ कमी आएको हो।
आज ३१५ वटा कम्पनीकाे दुई करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर किनबेच भएको हो।आइतबार २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ वटाको घटेको छ। यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।
आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र आइसिइफसी फाइनान्स ऋणपत्रको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।