काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा १० जनाको आवेदन परेको छ।
आइतबार पाँच बजेसम्म १० जनाको आवेदन परेको हाे । अर्थमन्त्रालयका अनुसार इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रि प्रसाद प्याकुरेल, सर्लाहीका नारद कुमार लुईटेल, झापाका युवराज दाहालले आवेदन दिएका हुन्।
त्यसैगरी काभ्रेपलाञ्चोकका प्रविण अधिकारी, झापाका चुडामणी चापागाई, सिराहाका बिमल कुमार तिवारी, पाल्पाका कृष्णबहादुर कार्की, पाल्पाका हेमन्त बश्याल र डडेलधुरा मुकन्द राज जोशीले पनि आवेदन दिएका हुन्।
नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरिएकाे छ।