काठमाडौं । काठमाडौंमा हत्या गरी बोराभित्र राखेर फालेको अवस्थामा एक जना महिलाको शव फेला परेको छ।
शनिबार १२ बजेतिर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ नामी कलेज नजिकको बागमती खोलामा शव फेलापरेकाे हाे। खाेलाको बीच भागमा डुबेको अवस्थामा ३५ वर्षीया महिलाको शव फेला परेको थियो।
महिलाको हत्या आरोपमा पाँच प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ आइतबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा सर्लाही बागमती ढुंगेखोला घर भई कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भई सोही वडामा बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट मेघाङ ४ घर भई सोही वडामा बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भई गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालक छन्।
मृत्यु हुनेको सनाखत भएको छैन।























