थाइल्यान्डमा ‘रिड्डारा आरडिआर’ लाई ‘सर्वश्रेष्ठ इभि पिकअप अवार्ड’

काठमाडौं। जिली होल्डिङ्ग समूहको रिड्डारा आरडिआरले थाइल्यान्डमा ‘सर्वश्रेष्ठ इभि पिकअप’अवार्ड जितेको छ ।

साे अवार्डले यसलाई पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने कोशेढुंगा का रुपमा कम्पनीले लिएको छ। यो पुरस्कार आरडिसिक्सकाे नवप्रवर्तन र दिगोपनामा विश्वास थप्दै, यसलाई नयाँ ऊर्जा पिकअप क्षेत्रमा एक अग्रणी बनाउने विश्वास कम्पनीको छ।

नेपालमा रिड्डारा आरडिसिक्सलाई २०२४ को नाडा अटोशोमा सार्वजनिक गरिएको थियो । जहाँ यसले ग्राहकहरुको राम्रो प्रतिक्रिया पाएको थियो ।
सिजि मोटर्सले नेपालमा रिड्डारा आरडिसिक्स (RD6) को प्रस्तुतिका साथ अत्याधुनिक प्रविधि र उपयोगिता ल्याएको छ। जिलीको राडार ब्राण्ड अन्तर्गत विकास गरिएको RD6 मल्टीप्लेक्स अट्याच्ड आर्किटेक्चर (MAP) मा निर्माण गरिएको हो, जुन सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर (SEA) प्लेटफर्ममा आधारित छ।

रिड्डारा आरडिसिक्सका विशेषता
२०० किलाेवाट पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जसले २७२ पिएस (PS) र ३८४एनएम (Nm) टोक प्रदान गर्दछ। त्यस्तै ६३ किलोवाट घण्टा लिथियम आयरन फॉस्फेट ब्याट्री जसको एइडिसि दावी गरिएको दायरा ३७७ किमि छ। ७.२ किलीवाट एसि चार्जिङ मात्र 9.5 घण्टामा १०० प्रतिशत हुन्छ। यसमा १२०० लिटर कार्गाे स्पेस छ। जसमा पावर सॉकेटहरू समावेश छन्। लेदर-र्याप्ड स्टीयरिङ ह्वील, लेदरटे सीटहरू, १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, र १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टरले यसलाई आकर्षक देखाउछ। यसकाे आकार ५२६० मिमी(लम्बाइ),१९०० मिमी (चौडाइ) र १८६५ मिमी(उचाइ) तथा ३१२० मिमी व्हीलबेस छ।

नेपालभर २२ वटा सर्भिस सेन्टरहरु सहित सिजि मोटर्सले उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको पहुँच सुनिश्चित गरेको छ। त्यसैगरी, २४०भन्दा बढि चार्जिङ स्टेसनहरूसँग, रिड्डारा RD6 ले नेपालमा सहज रुपमा चार्जिङको सुविधा पाउने कम्पनिले जानकारी दिएकाे छ। जसले यसलाई अन्य ब्राण्डहरू भन्दा प्रतिस्पर्धामा अरुभन्दा माथी राख्ने कम्पनीको दावि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here