सातौं दिन पनि घट्याे नेप्से, बजार २७१९ मा झरेर बन्द

काठमाडौं । मंगलबार सेयर बजार २७१९ अंकमा झरेको छ । साेमबारकाे तुलनामा आज नेप्से परिसूचक ३२.२१ अंक घटेको हो । यो सहित लगातार सातौं दिन बजार घटेको छ ।

आज कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडको भएकाे हाे ।

मङ्गलबार ३२ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ३ को स्थिर रहेकाे छ। आज बैंकिङ समुह ०.७१, फाइनान्स १.५७, होटल तथा पर्यटन १.१३, हाइड्रोपावर १.५१, लगानी १.८९, जीवन बीमा १.३०, उत्पादन २.४९, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार १.७९ प्रतिशत घटेका छन् ।

त्यस्तै महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशत बढेकाे छ । विन नेपाल लघुवित्तको ८.८, ज्योति विकास बैंकको ३.३५ तथा सप्तकोशी विकास बैंकको् ३.११ प्रतिशत मूल्य बढेकाे हाे।

नेस्डो समृद्धि लघुवित्तको ६.६९, उन्नति सहकार्य लघुवित्तको ५.३६, हिमालयन पावर पार्टनरको ४.७२ तथा राप्ती हाइड्रोको ४.६८ प्रतिशत मूल्य घटेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here