काठमाडौं । टोयोटाले चीनमा ‘बिजे’ ब्रान्ड अन्तर्गत आफ्नो तेस्रो पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गरेको छ। जसले सार्वजनिक भएको पहिलो घण्टामै १०,००० ओटा अर्डर प्राप्त गरेको छ । यो इलेक्ट्रिक एयुभीको सुरुवाती मूल्य १०९,८०० युआन (९१५,१०० अमेरिकी डलर) राखिएको छ। यसमा लिडार तथा मेमेन्टाको ‘असिस्टेड ड्राइभिङ’ प्रविधि समावेश गरिएको छ। यसको अधिकतम रेन्ज ६१० किमी छ।
बिजेथ्रीएक्सको आधारभूत संरचना ‘जिएसी एओन भी’मा आधारित छ। यसको आकार, मोटरहरू र समग्र ड्राइभ ट्रेन उस्तै भए पनि ब्याट्री भने फरक रहेकाे कम्पनीले जानकारी छ। यो ५ ढोका र ५ सीटरकाे एुयुभी हो । जसको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ४६००, १८५०र १६०० मिमी रहेको छ। त्यस्तै ह्वीलबेस २७६५ मिमी छ। यो एफडब्ल प्रणालीमा आधारित छ । यसको एकल इलेक्ट्रिक मोटरले अधिकतम १५० किलोवाट वा १६५ किलो वाट शक्ति उत्पादन गर्छ गर्ने कम्पनीले जानकारी दिएकाे छ। जसको उच्चतम गति १६० किमी घण्टा छ। यो कारमा लिथियम आयरन फस्फेट (एलएफपि) ब्याट्री प्रयोग गरिएको छ। जुन ५०.० , ५८. ४, र ६७.९ किलोवाट प्रति घण्टा गरी तीन भेरियन्टमा उपलब्ध छ ।
यसका अनुसार यसको रेन्ज क्रमशः ४३० किमी, ५२० किमी, र ६१० किमी सिएलटीसीे परीक्षण अनुसार निर्धारण गरिएको छ। यसमा लिडार र उन्नत चालक(सहायता प्रणाली समावेश गरेको छ, जुन चिनियाँ स्वायत्त ड्राइभिङ स्टार्टअप माेमेन्टाकाे प्रविधिमा आधारित छ।
५२० प्राे र प्रो प्लस भेरियन्टहरूमा रोवोसेन्सको लिडार र मोमेन्टा ५.० असिस्टेड ड्राइभिङ प्रविधि उपलब्ध छ । जबकि ६१० भेरियन्टमा ऐच्छिक रूपमा लिडार र मोमेन्टा ५.० राखिएको छ। बाँकी ट्रिमहरूमा स्ट्यान्डर्ड टाेयाेटा पाइलट चालक सहायता प्रणाली रहेको छ।
यसको इन्टेरियर टेस्लाको जस्तो न्यूनतम डिजाइनमा आधारित रहेकाे बताइएकाे छ। जहाँ १४.६ इन्चको ठूलो स्क्रिन मुख्य आकर्षण हो। यद्यपि, यसमा पुरानो ‘क्वालकम स्न्यापड्रर्यागन ८१५५ चिप’ प्रयोग गरिएको छ, जबकि नयाँ इभिहरूमा स्न्यापड्रर्यागन ८२९५ चिप प्रयोग भइसकेका छन्। लिडार भएको ट्रिमहरूमा एनभिडिया ओरिन एक्स चिप राखिएको छ । जसको कम्प्युटिङ क्षमता २५४ टिओपिएस छ। टोयोटाका अनुसार बिजेथ्रीएक्स (bZ3X) चीनमा संयुक्त रूपमा उत्पादन गरिएको पहिलो कार हो, जसमा लिडार प्रयोग गरिएको छ।
टोयोटाले दाबी गरेको छ कि यसको ६५% भागहरू चीनमा उत्पादन हुन्छ। टोयोटा बिजेथ्रीएक्स GAC-टोयोटा संयुक्त उद्यमद्वारा निर्माण गरिएको हो र हाल चीन-विशेष कार हो।
टोयोटाले चीनमा पहिले नै दुई वटा पूर्ण इलेक्ट्रिक ‘बिजे’ सिरिजका कारहरू ल्याइसकेको छ । जसमा विजेफाेरएक्स एसयुभिर ‘बिजेथ्री’ सेडान छन्। बिजेथ्री टोयोटा र बिवाइडिको सहकार्यमा विकास गरिएको हो । जसमा बिवाइडिका इलेक्ट्रिक मोटर र ब्याट्री प्रयोग गरिएको छ।
जबकि बिजेफाेएक्सको चीनमा वितरण बन्द भइसकेको छ । बिजेथ्रीको बिक्री अपेक्षाभन्दा राम्रो रहेको छ। जनवरीमा टोयोटाले यसको ३५१० युनिट बिक्री गर्यो । जुन वार्षिक रूपमा ४५% वृद्धि हो।
टोयोटाका अनुसार बिजेथ्रीएक्सले सार्वजनिक भएको पहिलो घण्टामै १०,००० अर्डर प्राप्त गरेको थियो, जसका कारण यसको सर्भर क्र्यास भएको थियो। प्रारम्भिक खरिदकर्ताहरूलाई सीमित अवधिको लागि ५,००० युआन (७०० अमेरिकी डलर) छुट प्रदान गरिएको छ। यसको बिक्री प्रदर्शनलाई नजिकबाट निगरानी गरिनेछ।