कैलालीमा नुहाउने क्रममा दुई किशोरको डुबेर मृत्यु

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १९ बाइसघरस्थित मोहना नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहरा रहेका छन् ।

शुक्रबार दिउँसो मोहना नदीमा नुहाउन पसेका दुवै जना डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फुलबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूको खोजतलास गरेको थियो ।

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, १ वेपत्ता

खोजतलासको क्रममा दुवै जनाको शव बेपत्ता भएको स्थानभन्दा केही तल डुबेको अवस्थामा फेला परेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here