१०.१४ अंकले ओरालो लाग्यो नेप्से, घट्यो कारोबार

काठमाडौं । सोमबार नेप्से परिसुचक १०.१४ अंकले घट्दा सेयर बजार २७०४ अंकमा झरेको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४० करोडको मात्रै भयो ।

आज ८५ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १३ को स्थिर रहेकाे छ।

बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२, अन्य ०.५६ प्रतिशत घटेका छन्। यता उत्पादन तथा प्रशोधन ०.४४, लगानी ०.१८, होटल तथा पर्यटन ०.१८ र फाइनान्स सेक्टर ०.१२ प्रतिशत बढेका छन्।

राप्ती हाइड्रोको ९.८, सामुदायिक लघुवित्तको ८.०, ग्रीन डेभलपमेन्ट बैंकको ५.३, मानुषी लघुवित्तको ४.१ तथा इस्टर्न हाइड्रोको ३.२ प्रतिशत मूल्य बढेकाे छ। महालक्ष्मी विकास बैंकको मूल्य ५.६ प्रतिशत घट्यो । घलेम्दी हाइड्रोपावरको ४.५, विशाल बजारको ३.७ तथा विन नेपाल लघुवित्तको ३.० प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here