मन्त्री खड्काले भने ‘अहिले पनि साँझको समयमा लोडसेडिङ हुने अवस्था छ’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अहिलेपनि साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् ।

‘भारतबाट आयातित विद्युत्‌का कारण लोडसेडिङ हटेजस्तो भएको मात्रै हाे उनले भने । राष्ट्रिय सभाको बुधबारको बैठकमा उनले अहिले पनि ८२५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपुर्ति धानिरहहेको जिकिर गरे ।

‘हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ,’ ऊर्जामन्त्री खड्काले भने ।

मन्त्री खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको पनि जिकिर गरे ।सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री खड्काले उद्योगको लाइन काटेर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप समेत लगाए ।

सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत आपुर्ति हुन सकेको छैन,’ खड्काले भने । उनले उज्यालोको नायक नभएको भन्दै बरु यो धन्यावाद भारतलाई दिउँ निजी क्षेत्रलाई दिनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here