लगातार ६ दिन घटेकाे बजारमा ३०.५२ अंककाे वृद्धि

काठमाडौं । लगातार ६ कारोबार घटेको सेयर बजार सोमबार उकालाे लागेकाे छ । नेप्से परिसुचक अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंकले बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमा कायम भएको छ ।

आज बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको भएकाे । साेमबार २१० कम्पनीको मूल्य बढ्दा ३३ को घटेकाे छ।

यस दिन काराेबारमा आएका सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशत बढेक हाे। बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशत बढेकमे हाे।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२ प्रतिशत बढेकाे हाे। यता अपरहेवाखोला हाइड्रोपावरको ४.९२, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ तथा युनाइटेड मोदी हाइड्रोको २.९ प्रतिशत मूल्य घटेकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here