४१.४३ अंकले बढ्याे नेप्से, काराेबारमा पनि वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार ४१.४३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भएकाे हाे। आज २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् ।

व्यापार समुह सबैभन्दा धेरै ६ प्रतिशत बढेकाे छ। त्यस्तै बैंक ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन ०.९२, माइक्रोफाइनान्स २.२२, निर्जीवन बीमा ०.८५, अन्य १.७४ प्रतिशत बढेका छन्।

गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढेकाे छ। त्यस्तै सृजनशील लघुवित्तको ९.९, सपोर्ट माइक्रोफाइनान्सको ८.५, अभियान लघुवित्तको ७.६ तथा मानुषी लघुवित्तको ७.२ प्रतिशत बढेकाे छ।

सबैभन्दा धेरै मूल्य घट्नेमा इस्टर्न हाइड्रोपावर रह्यो, जसको मूल्य १.५ प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here