हालसम्मकै उच्च मूल्यमा सुन

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएकाे छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत चैत ६ गते हालसम्मकै उच्च मूल्य एक लाख ७६ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो।

आज सुन प्रतितोला १ लाख ७६ हजार दुई सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रूपैयाँ बढी हो।

त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here