काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरु हिंसा भड्काउने योजना बनाएर नै सडकमा निस्किएको बताएका छन् ।
एमाले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमै राजावादीहरुले हिंसा भड्काउन खोजेको बताएका हुन् ।
साे अवसरमा प्रम ओलीले हिंसात्मक गतिविधिका दोषीहरुमाथि कानुन बमोजिम कार्बाही हुने बताए । उनले अराजकता र अस्थिरता निम्त्याउन खोजिएकाे भन्दै लोकतन्त्र र संविधानलाई उल्लघन गर्नेलाई कारबाहि गरिने बताए ।