काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा ३.३५ अंकको वृद्धि देखिएको छ । साे अंकको वृद्धिपछि नेप्से २७०३ अंकमा कायम भएको छ ।
बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको भयो । कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घटेकाे छ।
आज सेयर बजारमा बढि प्रभाव रहेकोे बैंकिङ ०.९६ प्रतिशत बढेकाे छ । बैंकिङ बाहेक अन्य सेक्टर १.४५, हाइड्रोपावर ०.०३ र निर्जीवन बीमा ०.५९ प्रतिशत बढे ।
व्यापार सेक्टर सबैभन्दा धेरै १.६६ प्रतिशत घट्यो । विकास बैंक ०.१७, फाइनान्स १.५९, होटल तथा पर्यटन ०.१२, लगानी ०.०३, जीवन बीमा ०.६६, उत्पादन ०.९८, माइक्रोफाइनान्स ०.३७ प्रतिशत घटे ।
आज ग्रीन भेन्चर्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेकाे छ। त्यस्तै सुपरमादीको ६.९५, राधि विद्युतको ४.९०, एनएलजी इन्स्योरेन्सको ४.६३ प्रतिशत बढेका छन् ।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घटेकाे छ। विन नेपाल लघुवित्तको ६.१ तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो ।