शेयर बजार स्थिर, साढे १६ करोडको कारोबार

काठमाडौं, ४ कात्तिक । आइतवार ४ अंकले घटेको शेयर बजार सामवार स्थिर देखिएको छ । सोमवार नेप्से परिसूचक १.३३ अंकले घटेर १ हजार १ सय ३२.४० अंकमा झरेको छ । यसलाई विज्ञहरुले स्थिर नाम दिएका छन् ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सूचक पनि आरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.३७ अंकले घटेर २ सय ४७.९८ अंकमा झरेको छ ।

सोमवार १ सय ४५ कम्पनीको ६ लाख ८ हजार ६ सय १ कित्ता शेयर किनबेच हुँदा १६ करोड ४३ लाख ४९ हजार रुपैयाँ बरारबको कारोबार भयो ।

सोमवार कारोबारमा आएका मध्ये ६ कम्पनतीको सूचक बढ्यो भने ५ कम्पनीको सूचक घट्यो । सूचक बढ्ने कम्पनीमा होटल, निर्जीवन बिमा कम्पनी, अन्य, लघुवित्त, जीवन बिमा र सामुहीक लगानी कोष रहेका छन् ।

त्यस्तै सूचक घट्नेमा बैंकिङ्ग, जलविद्युत, विकास बैंक, फाइनान्स र उत्पादन क्षेत्र रहेका छन् । सबैभन्दा धेरै सूचक बढ्नेमा जीवन बिमा कम्पनी रहेको छ भने सबैभन्दा धेरै घट्नेमा उत्पादन क्षेत्र रहेको छ ।

सोमवार सबैभन्दा धेरै घोडीघोडा लघुबित्त वित्तीय संस्थाको शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ४.८१ प्रतिशत बढ्यो । त्यस्तै, प्राईम लाइफ इन्स्योरेन्सको ४.१८ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एभरेष्ट बैंकका शेयर धनी रहेका छन् । र्बैंकको शेयर मूल्य ९.२८ प्रतिशत घट्यो । रिडी विद्युत कम्पनीको ५.५५ प्रतिशत घट्यो भने अन्यस समुहको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ बैंकले १ करोड ८९ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here